छायांकनका क्रममा रहेको फिल्म ‘नाङ्गो गाउँ’को चर्चा निकै छ। यो फिल्म मार्फत कलाकार दयाहाङ राई र मिरुना मगर पुनः जोडीका रुपमा पर्दामा देखिँदै छन्।
यो जोडीलाई दर्शकले असाध्यै रुचाएका कारण पनि फिल्मको चर्चा छ।
यही चर्चाका कारण फिल्म छायांकनकै क्रममा रहेका बेला महंगो मूल्यमा अष्ट्रेलिया राइट्स बिक्री भएको छ। अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले यो फिल्मको अधिकार खरिद गरेको हो।
फिल्मको अहिलेसम्म ८० प्रतिशत मात्रै छायांकन सकिएको छ। फिल्ममा मिरुना र दयाका साथमा साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्धि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्म आगामी भदौ २९ गतेबाट प्रदर्शनका तयारीमा छ।
171
Shares

प्रतिक्रिया