ad ad

कला


भ्रष्टाचारीको मूल जरो सरकारमा भेटियो: मन्त्री श्रेष्ठ

भ्रष्टाचारीको मूल जरो सरकारमा भेटियो: मन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ११:४३, काठमाडौँ

बुझ्ननुस्  ऊ दोषी  यही आधारमा  भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो।

जरो   खन्दै   गइयो  भ्रष्टाचारीहरूको
मूलजरो त आखिर सरकारमा भेटियो।

कहिले भने र यिनीहरूले  देश बिगार्छौं भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो।

शीर झुकाएर नमन उसको कलाकारितालाई

अगाडि गुलाब  पछाडि तरबारमा  भेटियो।

ऊ होइन भनिरह्यो म जिद्दी गरिरहेँ अन्तिममा
उसको  परिवहन  मेरो रक्तसञ्चारमा भेटियो।

 (भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठको फेसबुकबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .