कला


के भैरहेछ वर्षाको जीवनमा, दुःखी हुँदै लेखिन् : म थाकिसकेँ

के भैरहेछ वर्षाको जीवनमा, दुःखी हुँदै लेखिन् : म थाकिसकेँ

नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:१९, काठमाडौँ

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चा फिल्म उद्योगमा छ।

केही वर्षअघि प्रेम विवाह गरेको यो जोडी एकताका छुट्टिने मोडमा पुगेको वर्षा आफैंले बोलेकी थिइन्। उनले समाजको लागि पनि आफूहरु मिलेर बस्नुपर्ने सुझाव आएपछि मिलेर बसेको भन्ने बयान दिएकी थिइन्। 

अभिनेता सलोन बस्नेतको विवाहपछि वर्षा र संजोगको मनमुटाव मत्थर भएको धेरैले आकलन गरेका थिए। तर वर्षाले भने आफूहरुको सम्बन्ध राम्रो नरहेको संकेत दिएकी छिन्।

उनले इन्स्ट्रा स्टोरीमा मंगलबार लेखिन् ‘अब समाज भन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु। सम्झौता धेरै भयो।’

उनले अगाडि लेखेकी छन्, ‘म ती मानिसहरुको वरिपरी रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन्।’

वर्षाको यो स्टाटसले धेरैले वर्षाको सम्बन्ध टुटको संघारमा रहेको आकलन गरेका छन्। उनका फ्यान दुःखी भएका छन्। 

उनले अर्को पोस्टमा लेखेकी छन्, ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो?’ उनको यो गम्भीर प्रश्नले वर्षाको व्यक्तिगत जीवन निकै तनावपूर्ण रहेको बुझिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad