अभिनेत्री पूजा शर्मा बोलीका कारण बारम्बार विवादमा तानिने कलाकार हुन्। नयाँ वर्ष २०८० को अवसर पारेर पूजाले अब सोचेर मात्रै बोल्ने प्रतिबद्धता जनाएकी छन्। पूजाले २०८० मा आफू वैवाहिक जीवनमा प्रवेश गर्नेसमेत बताएकी छन्।
पूजाले यो वर्षका लागि आफूले केही सपना देखेको र ती सपना पूरा गर्न हरतरहले लाग्ने बताएकी छन्।
पूजाले आफ्ना प्रेमी युद्ध बाँनियासँग मिले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरेकी छन्। यहाँ पनि आफ्नो सपना जोडिएको भन्दै पूजाले आफू त्यता व्यस्त रहने बताइन्। वैशाखको अन्तिमबाट उक्त रेस्टुरेन्ट तथा होटल सञ्चालन गर्ने पूजाको तयारी छ।
पूजाले भनिन्, ‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णयसमेत लिँदै छु। यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ।’
आफूले स्पष्ट कुरा राख्दा हरेक समय विवादमा तानिएको गुनासो गर्दै अब सोचेर मात्रै बोल्ने बताएकी छन्।
Shares
प्रतिक्रिया