नेपाली कथानक चलचित्र लब जोनको ‘मुटुमै हान्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ। चलचित्र बिजि बर्मा फिल्मसको ब्यानरमा ओम कार्कीको निर्माण तथा सावर अधिकारीको सह निर्माणमा बनेको हाे।
गीतमा नित्या शिवा र बाबुल गिरीको आवाज रहेको छ। शंकर अधिकारी घायलको निर्देशनमा निर्माण भएको चलचित्रमा राजन महर्जनको नृत्य रहेको उक्त गीतमा नित्याशिवा र बाबुल गिरीको आवाज रहेको छ भने गजेन्द्र चौधरीको छायांकन रहेको सोलु,रामेछाप आसपास का छेत्रका रमणीय स्थलमा छायांकन गरिएको छ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन मुभी फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ। सार्वजनिक गीतमा बिक्रम कार्की र प्रेरणा बोहराको फिचरिङ रहेको छ।

प्रतिक्रिया