ad ad

कला


‘छक्कापञ्जा ४’ को यो संवादप्रति ‘सीते बा’ को घोर आपत्ति (भाइरल भिडिओ क्लिप्ससहित)

‘छक्कापञ्जा ४’ को यो संवादप्रति ‘सीते बा’ को घोर आपत्ति (भाइरल भिडिओ क्लिप्ससहित)

‘सीते बा’ (मधुसूदन पाठक)


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १९:५४, काठमाडौँ

गत शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को एउटा संवादप्रति ‘सीते बा’ (मधुसूदन पाठक) ले घोर आपत्ति जनाएका छन्। 

उनले त्यसको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा सेयर गर्दै सहकारीका विषयमा गरिएको व्यंग्यप्रति विरोध जनाएका हुन्।

‘छक्कापञ्जा ४’ मा दीपकराज गिरीले बोलेको एउटा संवाद छ– श्रीमती भनेको बैंकको लोन हो। मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ। 

अनि उनीसँगै रहेकी महिला पात्रले भन्छिन्– अनि म के नि? 

दीपक भन्छन– सहकारी! 

‘सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ। दीपक दाइ तपाईंका सबै डायलगप्रति रोमान्टिक हिसाबले सहमत छु। तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययनबिना प्रयोग यो डाइलगको वाक्यांश सही छैन’, पाठकले लेखेका छन्, ‘जे होस्, फिल्म दामी छ। समयसापेक्ष राजनीतिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ, बधाई तथा शुभकामना!’

भाइरल भिडिओ क्लिप्ससहित मधुसूदन पाठकको स्टाटस–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .