कला


देशको नक्सामाथि हिँडेपछि विवादमा अक्षय कुमार, माफी माग्नुपर्ने माग

देशको नक्सामाथि हिँडेपछि विवादमा अक्षय कुमार, माफी माग्नुपर्ने माग

नेपालखबर
माघ २४ , काठमाडौँ

बलिउड अभिनेता अक्षय कुमार ट्रोलको निसानामा परेका छन्। अक्षयले हालै सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्, जसमा उनी भारतको नक्सामा हिँडिरहेको देखिएका छन्। उक्त भिडिओ क्लिपमा अक्षयसँगै दिशा पटानी, नोरा फतेही, मौनी रोय र सोनम बाजवा पनि देखिन्छन्।

भिडिओमा अक्षय इन्टरनेसनल एयरलाइन्सको विज्ञापनमा देखिएका हुन्। भिडिओ सेयर गर्दै उनले लेखेका छन्, ‘आफ्नो सिट बेल्ट बाँध्नुहोस्, हामी मार्चमा आउँदै छौं।’

भिडिओ हेरेपछि मानिसहरुले अक्षयलाई सामाजिक सञ्जालमार्फत गाली गरिरहेका छन्। उनीसँग मानिसहरु निकै रिसाएका छन्। उनले माफी माग्नुपर्ने माग गरिरहेका छन्। 

उनका एक फ्यानले लेखेका छन्, ‘अभिनेता भारतीय नक्सामा हिँड्दै छन्। यो भारतीयहरुको अपमान हो। यो लाजमर्दो कार्यका लागि तपाईंले १ सय ५० करोड भारतीयसँग माफी माग्नुपर्छ।’

उनलाई अर्का मानिसले भारतको थोरै भए पनि सम्मान गर्न आग्रह गरेका छन्। 

अक्षय यसअघि पनि पटक–पटक यस्ता विवादमा फसेका छन्। केही महिनाअघि अक्षयले सडक सुरक्षाका विषयमा गरेको एउटा भिडिओ विज्ञापनको चर्को आलोचना भएको थियो। उक्त विज्ञापनमा पुलिस अफिसर बनेका अक्षय कुमारले छोरीको बिदाइका बेला बुबालाई ६ एयरब्यागसहितको कारको फाइदाको वर्णन गरेका थिए। भिडिओ हेरेपछि सामाजिक सञ्जालमा मानिसहरुले अक्षयले दाइजोको समर्थन गरेको भन्दै आलोचना गरेका थिए।

माघ २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.