ad ad

कला


यस्तो छ ‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ (भिडिओ)

यस्तो छ  ‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ (भिडिओ)

नेपालखबर
माघ १७, २०७९ मंगलबार ९:१३, काठमाडौँ

दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत रिलिज गरिएको छ।

आगामी फागुन १९ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको फिल्मको ‘दर्शन सलाम’बोलको गीत सार्वजनिक गरिएको हो। लोक शैलीको उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायतका कलाकारले कम्बर मर्काएका छन्। 

सार्वजनिक गीत डेभिड शंकर र सहिमा श्रेष्ठले गाएका छन्। राजेन्द्र थापाले लेखेको गीतमा दीपक शर्माको संगीत सुन्न सकिन्छ। चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। 

यही फिल्ममार्फत हेमराज बिसी दीपक–दीपाको ब्यानरमा भित्रिएका छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्ममा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता हुन्।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बूढा), राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। 

हेर्नुहोस् गीतको भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .