ad ad

कला


अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको अर्को भब्य कन्सर्ट

अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको अर्को भब्य कन्सर्ट

नेपालखबर
माघ १५, २०७९ आइतबार ९:१, काठमाडौँ

अष्ट्रेलियामा जारी नेपथ्यको दोश्रो कन्सर्ट शनिबार सम्पन्न भएको छ। शनिबार राति अष्ट्रेलियाको एडिलेड शहरमा भएको सांगीति प्रस्तुतीमा त्यहाँ रहेका दर्शकले नाँचेर साथ दिएका छन्। 

कार्यक्रम एडिलेड शहरको हिण्डले म्यूजिक हलमा भएको थियो। 

ब्याण्डको यस अघिको कन्सर्टपनि यो शहरको सोही हलमा सम्पन्न भएको थियो। कन्सर्ट आयोजक गगन गिरीले यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बनेको बताएका छन्। एडिलेड सहरमा चौथोपटक प्रस्तुत दिएको नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो।

कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो। काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरुलाई उनीहरुको पुरानो यादसँग जोडेको देखिन्थ्यो।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ दगायतका गीत प्रस्तुत गरिएको थियो। 

सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको यो सहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ। त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरुको संख्या पनि थपिन पुगेको छ।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ। 

ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ।

ब्रिसबेनपछि फेबु्रअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फिर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .