ad ad

कला


केएल र आथियाले उपहारमा पाए ५० करोडको अपार्टमेन्ट, २.१७ करोडको कार

केएल र आथियाले उपहारमा पाए ५० करोडको अपार्टमेन्ट, २.१७ करोडको कार

नेपालखबर
माघ १२, २०७९ बिहिबार ९:५२, काठमाडौँ

बलिउड अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए। विवाहपछि यो जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन्। सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड (भारु) को आलिशान अपार्टमेन्ट उपहार दिएका हुन्।

सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोडको अडी कार उपहार दिएका छन्। ज्याकी श्राफ र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन्। 

आथियाका साथी तथा अभिनेता अर्जुन कपुरले उनलाई १.५ करोडको हीराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाखको लग्जरी घडी उपहार दिएका छन्। 

राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोडको बीएमडब्ल्यू कार उपहार दिएका छन्। योसँगै भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख रुपैयाँको कावासाकी निन्जा बाइक उपहार दिएका छन्। 

अथिया र राहुलको विवाह २३ जनवरीमा सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो। यो विवाह निकै गोप्य राखिएको थियो। विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो। दीपिका–रणवीर, आलिया–रणवीर र विक्की–कट्रिनाको विवाहजस्तै यो पनि धेरै हदसम्म गोप्य राखिएको थियो। 

केही सञ्चारमाध्यमले चलचित्र उद्योग र क्रिकेट जगतसँग जोडिएका व्यक्तिहरूका लागि मे महिनामा भव्य रिसेप्सन हुने बताइएको छ। भारतीय क्रिकेट खेलाडीहरू अहिले घरेलु शृंखलामा व्यस्त छन्, त्यसैले मेमा आईपीएल सकिएपछि ठूलो पार्टी आयोजना गरिने बताइएको छ। 

सुनील शेट्टी छोरीको विवाहपछि निकै भावुक देखिए। विवाहपछि उनले आथिया र राहुलको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘प्रेम र विश्वासका साथ सही व्यक्तिको हात समात्नु सधैँ सही हुन्छ। कुनै पनि सम्बन्धलाई माया र विश्वासले मात्र बल दिन्छ। मेरा छोराछोरी दुवैलाई धेरै धेरै बधाई। भगवान्‌ले तिमीहरुलाई आशीर्वाद दिनुहोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .