ad ad

कला


‘पठान’प्रति असमका मुख्यमन्त्रीको आक्रोश : को हो शाहरुख खान?

‘पठान’प्रति असमका मुख्यमन्त्रीको आक्रोश : को हो शाहरुख खान?

नेपालखबर
माघ ७, २०७९ शनिबार १९:२९, काठमाडौँ

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले शाहरुख खान र उनको फिल्म पठानबारे टिप्पणी गरेका छन्। 

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा

गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको हिंसात्मक विरोध गरिरहेको विषयमा प्रश्न सोध्दा उनले भने, ‘शाहरुख खान को हुन्? मलाई उनको वा उनको फिल्म पठानको बारेमा केही थाहा छैन।’

शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए। कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले भने, ‘बलिउडका धेरैले समस्या लिएर बोलाए पनि खानले मलाई फोन गरेनन्, यदि उनले (शाहरुख खान) बोलाए भने म यो विषयमा हेर्छु।’

उनले थपे, ‘कानुनी व्यवस्था उल्लङ्घन गरेको भए मुद्दा दर्ता गरी कारबाही हुन्छ।’

बलिउडका मेगास्टार शाहरुख खान र दीपिका पादुकोण आफ्नो फिल्म ‘पठान’ को गीत ‘बेशरम रंग’मा केसर रंगको बिकिनी लगाएको भन्दै आलोचनामा परेका छन्।

विश्व हिन्दू परिषद लगायत धेरै नेताहरुले फिल्म प्रतिबन्धको माग गरेका छन्।

पत्रकारहरूले मुख्यमन्त्रीलाई शाहरुख खान बलिउड स्टार भएको बताएपछि उनले जवाफमा भने, ‘राज्यका जनताले हिन्दी फिल्मको सट्टा असमिया फिल्महरूको लागि चिन्तित हुनुपर्छ।’

सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ जनवरी २५ मा रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .