नेपाली फिल्म उद्योगमा अभिनेत्रीका रुपमा स्थापित हुन नसकेकी कलाकार हुन् - रिमा विश्वकर्मा। उनले केही फिल्ममा अभिनय गरेकी छन्। तर अभिनयमा उनको खासै चर्चा हुँदैन। रिमाले होस्टका रुपमा भने राम्रो स्थान बनाएकी छन्।

उनै रिमा नयाँ फिल्म ‘सिड्नी’मा जोडिएकी छन्। यो फिल्ममा उनले शीर्ष भूमिकामा अभिनय गर्ने सम्झौता गरेकी छन्। फिल्मको पत्रकार सम्मेलनमा रिमाको आक्रोश पनि देखियो। उनलाई सञ्चारकर्मीले टाइमपासका लागि मात्रै फिल्ममा काम गर्नुहुन्छ भनेर सोधेका थिए।
रिमाले आक्रोशित हुँदै भनिन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न गर्न शोभा दिन्छ? मोर द्यान टेन एयर्स।’
उनी जवाफ दिने क्रममा निकै आक्रोशित देखिएकी थिइन्।
पछिल्लो समय टेलिभिजन रियालिटी शोको होस्ट गर्न व्यस्त रिमा ‘सिड्नी’ मार्फत फिल्ममा पुनरागमन गर्दैछिन्। देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा रिमालाई सविन श्रेष्ठले जोडीका रुपमा साथ दिनेछन्।
Shares

प्रतिक्रिया