दक्षिण भारतीय फिल्म 'आरआरआर'ले गोल्डेन ग्लोब अवार्ड जितेको छ। उक्त फिल्मको 'नाटु-नाटु' गीतले अवार्ड जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खुसी व्यक्त गरेका छन्।
उनले आरआरआरले उक्त अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै यसलाई हरेक भारतीयका लागि गर्वको क्षण रहेको बताएका छन्।
एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआरको नाटु-नाटु गीतलाई गोल्डेन ग्लोब अवार्डमा सर्वश्रेष्ठ मूल गीतको अवार्ड मिलेको हो।
A very special accomplishment! Compliments to @mmkeeravaani, Prem Rakshith, Kaala Bhairava, Chandrabose, @Rahulsipligunj. I also congratulate @ssrajamouli, @tarak9999, @AlwaysRamCharan and the entire team of @RRRMovie. This prestigious honour has made every Indian very proud. https://t.co/zYRLCCeGdE
त्यसपछि फिल्मको पूरा टिमलाई बधाई दिँदै मोदीले ट्विट गरेका छन्।
'एक विशेष र खास उपलब्धि! एमएम किरवणी, प्रेम रक्षित, काल भैरव, चन्द्रबोस, राहुल सिपलीगञ्ज, एसएस राजामौली, रामचरण र फिल्मको पूरा टिमलाई बधाई! यस प्रतिष्ठित सम्मानले हरेक भारतीयलाई गर्व महसुस गराएको छ।'
फिल्ममा जुनियर एनटिआर र रामचरणले मुख्य भूमिका निर्वाह गरेका छन्। नाटु-नाटु गीत पनि यी दुवै अभिनेतामाथि केन्द्रित गरेर बनाइएको छ।
आरआरआर फिल्मलाई सर्वश्रेष्ठ गैर-अंग्रेजी फिल्मको श्रेणीमा पनि नोमिनेशन गरिएको थियो। तर उक्त पुरस्कार अर्जेन्टिनाको फिल्मले जित्यो।
Shares

प्रतिक्रिया