ad ad

कला


यस्तो छ ‘छड्के २’ को नयाँ पोस्टर

यस्तो छ ‘छड्के २’ को नयाँ पोस्टर

नेपालखबर
पुस १७, २०७९ आइतबार ८:५८, काठमाडौँ

अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो। 

फस्टलुक रिलिज भएसँगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुन्छ। नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ। 

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाको पोस्टरमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ। नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकार पनि फिचर्ड छन्। अनमोललाई आफ्नो समूहको नाइकेका रुपमा प्रस्तुत गरिएको छ। 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्।

सिनेमा चितवन र मुस्ताङमा छायांकन गरिएको हो।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .