अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’को शीर्ष गीत सार्वजनिक गरिएको छ। फिल्मको ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमाका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको अडिओ तथा भिडिओ उत्कृष्ट बनेको आभास हुन्छ।
सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निकै अपेक्षा राखेको छ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निमर्मण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ। यही पुस २९ गतेदेखि प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुसाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन छ।
सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ। सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन्।
Shares
प्रतिक्रिया