ad ad

कला


लगातार ४ चलचित्र ५१ दिन चलाउने प्रदीप

लगातार ४ चलचित्र ५१ दिन चलाउने प्रदीप

प्रदीप भट्टराई


नेपालखबर
पुस ३, २०७९ आइतबार १२:४६, काठमाडौँ

पछिल्लो समय एउटै फिल्म ५१ दिनसम्म सिनेमा घरमा टिक्नु नौलो भइसक्यो। तर निर्देशक प्रदीप भट्टराईका चार फिल्मले लगातार ५१ दिन मनाएका छन्। 

प्रदीपले अहिलेसम्म चार फिल्म निर्देशन गरे। उनका चारै फिल्मले प्रदर्शनको ५१ दिनको सेलिब्रेसन गरेका हुन्। उनको पछिल्लो फिल्म ‘महापुरुष’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ। 

यसअघि प्रदीपले निर्देशन गरेका ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘शत्रुगते’ले पनि प्रदर्शनको ५१ दिन मनाएका थिए। 

गत कात्तिक ११ गतेदेखि प्रदर्शन भइरहेको ‘महापुरुष’ हलमा अझै केही दिन चल्ने निर्देशक भट्टराईले बताएका छन्।

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अरुण कार्की, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेलल, गौरी मल्लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .