ad ad

कला


शाहरुखको ‘पठान’ले ल्याएको तरंग

शाहरुखको ‘पठान’ले ल्याएको तरंग

‘पठान’को एक दृश्य


नेपालखबर
पुस ३, २०७९ आइतबार ११:३६, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ले यतिबेला भारतमा मात्रै होइन, विश्वका कैयौं देशलाई तरंगित बनाएको छ।

शाहरुख र अभिनेत्री दीपिका पादुकोणको यो फिल्म भारतका ७ राज्यमा त प्रतिबन्धको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन्। मध्य प्रदेश र गुजरातपछि बिहार, उत्तर प्रदेश र छत्तीसगढ लगायतका राज्यमा पठानविरुद्ध चर्को आलोचना भइरहेको हो। 

फिल्मविरुद्ध अदालतमा मुद्दासमेत दर्ता भएको छ। फिल्मले धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै मुजफ्फरपुर अदालतमा शाहरुख र दीपिकासहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

फिल्मको ‘बेसरम रङ’ गीतबारे विवाद सिर्जना भएको हो। फिल्मको गीत सार्वजनिक भएसँगै नृत्य स्टेप र पहिरनविरुद्ध चर्को आलोचना सुरु भएको हो। पठानको ‘बेसरम रंग’बोलको गीतमा दीपिकाले लगाएको बिकिनीको रङका विषयमा सुरु भएको विरोधले भारतमा उग्र रुप लिएको छ। 

शिव सेनाका कार्यकर्ताले फिल्मबाट उक्त गीत हटाउन माग गर्दै प्रदर्शन गरेका छन्। फिल्मबाट गीत नहटाए फिल्म प्रदर्शनमा रोक लगाउने उनीहरुले चेतावनी दिएका छन्। उक्त विरोधप्रति अभिनेता शाहरुखले भने  राज्यलाई विभाजन गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म र सामाजिक सञ्जाल आफ्नो अभिव्यक्ति, मानव अनुभव र भावनालाई व्यक्त गर्ने सजिलो माध्यम हो। तर सामाजिक सञ्जालमा हाम्रो समयको सामूहिक कहानीलाई आकार दिन थालिएको छ। सामाजिक सञ्जालले फिल्मलाई नकारात्मक असर गर्छ। मलाई लाग्छ - अब फिल्मले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’ 

उनले सामाजिक सञ्जालले मान्छेलाई निम्न स्तको बनाएको प्रतिक्रिया दिएका छन्। नकारात्मक कुराले सामाजिक सञ्जालको प्रयोग बढ्ने भन्दै शाहरुखले यस्तो कुराले सामूहिक विचारलाई विभाजनकारी र विनाशकारी बनाउने धारणा व्यक्त गरेका छन्। उनको यो अभिव्यक्ति पनि अहिले भाइरल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .