टीभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईंले इन्गेजमेन्ट (टीकाटालो) गरेका छन्।
बिहीबार काठमाडौँमा निकट आफन्तहरूको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन्। विवाहको मिति तय गर्न भने बाँकी छ।
कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै दुवैलाई बधाई दिएकी छन्।
‘कमेडी च्याम्पियन’बाट यी दुईबीच प्रेम अंकुराएको थियो। तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिएनन्।
विक्की ‘कमेडी च्याम्पियन’का रनरअप हुन्। विक्की र श्रद्धाले हालै कमेडी शो ‘मा कसम यहाँ दुख्छ’मा सहकार्य गरेका छन्।
1.7k
Shares

प्रतिक्रिया