कलाकार तथा निर्माता दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ।
मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।
यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ। संघले हालै सम्पन्न आम निर्वाचनमा प्युठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ।
मंगलबार बसेको संघको बैठकले आगामी पुस दोस्रो साता ‘चलचित्र विकास र विस्तार’ विषयक अन्तरक्रिया गर्ने भएको छ।
36
Shares
प्रतिक्रिया