ad ad

कला


सम्बन्ध टिकाउन शारीरिक आकर्षण चाहिन्छ : जया बच्चन

सम्बन्ध टिकाउन शारीरिक आकर्षण चाहिन्छ : जया बच्चन

जया बच्चन


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ११:३, काठमाडौँ

बलिउडकी दिग्गज अभिनेत्री हुन् - जया बच्चन। भरतीय फिल्म उद्योगमा उनको बेग्लै पहिचान छ। यी अभिनेत्रीले आफ्नी नातिनीप्रतिको प्रेम व्यक्त गरेकी छन्।

उनले नातिनी नव्या नवेली नन्दाको पोडकास्ट ‘ह्वाट द हेल नव्या’ आफ्नो जमानामा थुप्रै कुराको ‘एक्सपेरिमेन्ट’ गर्न नपाएको गुनासो गरेकी छन्। 

उनले सम्बन्धमा शारीरिक आकर्षण पनि महत्त्वपूर्ण रहेको बताएकी छन्। उनले कुनै पनि सम्बन्ध माया, स्वच्छ हावा र ‘एडजस्टमेन्ट’ले मात्रै नटिक्ने बताइन्।

यही पोडकास्टमा जयाले आफ्नी नातिनीले विवाह नगरी बच्चा जन्माएपनि कुनै आपत्ति नहुने बताएकी छन्। 

उनले भनेकी छन्, ‘मैले यसो भन्दा धेरैलाई नपच्न सक्छ तर शारीरिक आकर्षण र कम्प्याटिबिलिटी असाध्यै महत्त्वपूर्ण छ। हामीले आफ्नो जमानामा एक्सपेरिमेन्ट गर्न पाएनौँ तर अहिलेको पुस्ताले गर्दछ, नगर्ने पनि किन? किनभने यो पनि दिगो सम्बन्धका लागि जिम्मेवार छन्।’

जयाले अहिलेको पुस्तामा रोमान्स भावनाको कमी भएको उल्लेख गरेकी छन्।

अहिलेको पुस्तालाई आफ्नो सबैभन्दा मिल्ने साथीसँग विवाह गर्न सुझाव दिँदै जयाले भनेकी छन्, ‘तिमीहरु एक–अर्कामा निकै मिल्ने साथी पनि हुनुपर्छ। तिमीहरुले सल्लाह गरेर भन्नुपर्छ मलाई लाग्छ मैले तिमीसँग एउटा सन्तान जन्माउनुपर्छ, किनभने मलाई तिमी मनपर्छ। मलाई तिमी राम्रो लाग्छ, त्यसैले हामी विवाह गरौँ न। समाजले पनि यस्तै भनिरहेको छ।’ 

उनले आफ्नी नातिनीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘तिमीले विवाहअघि नै बच्चा जन्मायौ भने पनि मलाई समस्या छैन। साँच्चै समस्या छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .