कला


नयाँ फिल्म आफ्नै हलबाट चलाउने दीपक–दीपाको दाउ

नयाँ फिल्म आफ्नै हलबाट चलाउने दीपक–दीपाको दाउ

नेपालखबर
कात्तिक २, २०७९ बुधबार ८:०, काठमाडौँ

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा घर निर्माण गरिरहेका छन्।

उनीहरुको योजना अनुसार निर्माण कार्य भएको भए अहिलेसम्म उक्त सिनेमा घर सञ्चालनमा आइसक्नु पर्ने थियो। तर कोरोका कारण समयमा निर्माण कार्य सम्पन्न हुन सकेन। अहिले पनि निर्माण कार्य चलिरहेको छ।

उनीहरुले निर्माण गर्न लागेको हलको समाचार सार्वजनिक भएको लामो समय भइसक्यो। नयाँ बानेश्वर–शंखमूल रोडमा निर्माण भइरहेको उक्त हलमा फिल्म हेर्ने प्रतीक्षामा दर्शक छन्।

फिल्म उद्योगमा पनि दीपक–दीपाको हल कहिले सञ्चालन हुन्छ भनेर प्रश्न गर्न थालिएको छ। दीपक दीपाको दाउ भने आफ्नै फिल्मको शो सहित सिनेमा घरको पर्दा खोल्ने रहेको छ।

दीपकराज भन्छन् ‘अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ। सिनेमा घर सुरु गर्न अझै केही समय लाग्छ। सकेसम्म आफ्नै सिनेमाबाट हल सञ्चालन गरौँ भन्ने हो। हेरौँ त्यो समयसम्म हल निर्माणको काम सकिन्छ कि सकिँदैन।’

दुई स्क्रिन रहने सिनेमा घरमा चारसय सिट क्षमता रहने गिरीले बताए। यो सिनेमा घर करिब १० करोड लागतमा निर्माण हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .