कला


बलिउड अभिनेत्री पायल रोहतगीलाई ९ दिन जेल सजाय

बलिउड अभिनेत्री पायल रोहतगीलाई ९ दिन जेल सजाय

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ८:२७,

चर्चित रियालिटी शो बिग बोसबाट चर्चामा आएकी बलिउड अभिनेत्री पायल रोहतगीलाई ९ दिन जेल सजायको फैसला भएको छ।

पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू र उनका बुबा मोतीलाल नेहरूविरूद्ध भ्रमपूर्ण भिडियो बनाएकाे र त्यसलाई सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा अभिनेत्री रोहतगीलाई अदालतले ९ दिनको जेल सजायको फैसाला गरेको हो। सोमबार अदालतले अभिनेत्री रोहतगीलाई डिसेम्बर २४ सम्मका लागि जेल सजाय सुनाएको हो।

उनलाई आइतबार बुन्डी प्रहरीले अहमदाबादबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकी पायलविरुद्ध आईटी ऐनको धारा ६६ ६७ अन्तर्गत मुद्दा दर्ता गरेको थियो। सोही मुद्दाको फैसला गर्दै अदालतले उनलाई ९ दिन जेल सजायको फैसला सुनाएको हो।

गिरफ्तार भएपछि पायल र उनका पति संग्राम सिंहले ट्विटरमा पीएम मोदी र गृह मन्त्रालयको सहयोग लिएका थिए। यद्यपि उनीहरूले यस विषयमा कुनै सहयोग प्राप्त गरेका छैनन्। उनको जमानी याचिका पनि अदालतले खारेज गर्यो र अब उनी डिसेम्बर २४ सम्म जेलमा नै बस्नेछिन्।

सामाजिक सञ्जाल ट्विटरमा आफूलाई गिरफ्तार गरिएको खबर उनी आफैँले दिएकी थिइन्। त्यसपछि उनको पक्राउ खबर चर्चाको विषय बनेको थियो।

पायलले ट्विटमा भनेकी छन, ‘मोतिलाल नेहरूको भिडियो बनाएको आरोपमा राजस्थान पुलिसले मलाई पक्राउ गरेको छ। भिडियोमा दिइएको जानकारी मैले गुगलबाट लिएकी हुँ, के अभिव्यक्ति स्वतन्त्रता भनेको मजाक हो?’

 Payal Rohatgi

यसपछि उनका पति संग्रामले पनि पीएम मोदीलाई ट्याग गर्दै ट्वीट गरे, जसमा उनले लेखेका छन्, ‘के यो कांग्रेसले सत्ता सम्हालेको राज्यको अभिव्यक्ति स्वतन्त्रता हो? सर, कृपया यसमा ध्यान दिनुहोस्।’

समाजसेवी तथा कांग्रेसका युवा नेता चर्मेश शर्माले पायल रोहतगीकोविरूद्ध उजुर गरेका थिए। पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको मृत्युको सम्बन्धमा पोष्टमा पनि यस्ता कुरा लेखिएको कुरा उजुरीकर्ता चारमेश शर्माले आरोप लगाएका छन जसले भारतको वैदेशिक सम्बन्धलाई असर गर्न सक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .