काठमाडौंका मेयर बालेन्द्र शाहसमेतको सहभागितामा शनिबार बिहान ७ बजे नयाँ बानेश्वरबाट शुरु हुने ‘यम बुद्ध शान्ति दौड’को सफलताका लागि बरिष्ठ हास्य कलाकाकर मदनकृष्ण श्रेष्ठले शुभकामना दिएका छन् ।
यसै साता यमबुद्धका आमाबुवासँगको भेटमा मदनकृष्णले भने, ‘लोकप्रिय गायक स्वर्गीय यम बुध्दलाई मैले दक्षिण कोरियामा कार्यक्रम देखाउन जाने सिलसिलामा सिर्फ एकैपल्ट मात्र भेटेको थिएँ । त्यसको करिब एक वर्षपछि अचानक उहाँ दिवंगत हुनुभएको खबर सुन्दा अत्यन्तै दुःख लागेको थियो।’
यम बुद्धकी आमा उर्मिला अधिकारी, बुबा अम्बिकाप्रसाद अधिकारी तथा उहाँका परिवारले यम बुद्ध फाउण्डेशन स्थापना गरेर त्यसमार्फत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको सुनेर अत्यन्त खुशी लागेको श्रेष्ठले बताएका छन् ।
यम बुद्ध फाउन्डेसनले दिएको जानकारीअनुसार यम बुद्धका आमाबुवासँगको भेटमा बरिष्ठ कलाकार श्रेष्ठले भने, ‘फाउण्डेशनले यही शनिबार काठमाडौंमा शान्ति दौडको आयोजना गरेको जानकारी पाएँ । उक्त शान्ति दौडको सफलताका लागि हार्दिक शुभकामना साथै स्वर्गीय यमबुद्धप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।
कलाकार श्रेष्ठले यम बुद्धका बुबाआमालाई शान्त्वना दिँदै भने, ‘छोटो समयमा निक्कै लोकप्रिय हुन सफल यमबुद्धले आफ्नो आयु पनि निक्कै छोटो लिएर आएका रहेछन् । दैवको लीला सबैले भोग्नु, सहनुबाहेक अर्को विकल्प छैन ।’
काठमाडौंको सडकमा शनिबार केपी ओली र बालेन्द्रको जम्काभेट हुने
भिडिओ
Shares

प्रतिक्रिया