बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री स्वी छिङ र बलिउड सुन्दरी मनिषा कोइरालाबीच भेट भएको छ।
लुम्बिनीमा दुई सुन्दरीहरुको भेटको तस्बिर सार्वजनिक भएको हो।
चिनियाँ अभिनेत्री गत शुक्रबार नेपाल आएकी हुन्। उनी आज चीन फर्किनेछिन्। नेपाल भ्रमणमा रहँदा अभिनेत्री स्वीले बर्दियामा जंगल सफारी, भक्तपुर र लुम्बिनीको भ्रमण गरेकी छिन्। सोही क्रममा मनिषा कोइराला र स्वीबीच लुम्बिनीमा भेट भएको हो।
बर्दियामा जंगल सफारी गरेपछि स्वीले नेपालबारे चीनमा व्यापक प्रचारप्रसार गर्ने प्रतिक्रिया दिएकी थिइन्। यसअघि पनि उनी नेपाल आएकी थिइन्। सो क्रममा उनी पर्यटकीय सहर पोखरा पुगेकी थिइन्।
प्रतिक्रिया