ad ad

कला


गर्दै नगरेको प्रेमले गायिका त्रिशला गुरुङलाई दिएको तनाव

गर्दै नगरेको प्रेमले गायिका त्रिशला गुरुङलाई दिएको तनाव

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ८:२, काठमाडौँ

केही दिनअघि गायिका त्रिशला गुरुङ प्रेममा परेको खबर सार्वजनिक भयो। उनलाई धेरैले बधाई दिए। तर गायिका गुरुङलाई यो बधाईले खुसी दिन सकेन। उनी हैरान भइन्।

‘नबसेको प्रेमको बधाईले खुसी दिँदैन रहेछ’, त्रिशलाले सुनाइन्।

उनले आफू प्रेममा नरहेको बताएकी छन्। संगीतकार रोहित शाक्यको प्रेममा त्रिशला भनेर सार्वजनिक भएको खबर झुटाे रहेको उनले दाबी गरिन्।

त्रिशलाले रोहितसँगको तस्बिर इन्स्टाग्राममा राख्दै लेखेकी थिइन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

त्रिशलाको यही अभिव्यक्तिबाट उनी प्रेममा रहेको आकलन गरियो। तर उक्त शब्द गीतको रहेको त्रिशला बताउँछिन्। हुँदै नभएको प्रेमका कारण आफूले घरमा गाली खानुपरेको त्रिशलाले सुनाइन्।

उनी भन्छिन् ‘पोस्ट मलोन र डोजाक्याट उनीहरुकै गीतको शब्द लेखेको हो तर मन्छेले के के न भने।’

पेसाले डाक्टर त्रिशला कभर गीत गाएर चर्चामा आएकी गायिका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .