कलाकार सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजोआजका कुरा’को गीत रिलिज भएको छ।
फिल्ममा समावेश ‘परदेश’ बोलको गीत रिलिज भएको हो। आउँदो असोज २८ बाट प्रदर्शनको तयारीमा रहेको यो फिल्म साकार पन्तले निर्देशन गरेका हुन्।
फिल्म ‘हिजोआजका कुरा’को पहिलो गीत ‘ए जदौ माया जदौ’ निक्कै लोकप्रिय भएको थियो। ७७ साल बैशाख १२ का लागि प्रदर्शन मिति तय गरेको फिल्म कोरोनाका कारण प्रदर्शन स्थगित गरेर बसेको थियो। सार्वजनिक गीत फिल्मको दोस्रो गीत हो।
‘परदेश’बोलको सार्वजनिक गीत लेखनमा साकार पन्तले एकतारेसँग सहकार्य गरेका छन्। स्वर र संगीत हर्कुलस बस्नेतको सुन्न सकिन्छ।
गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मञ्जु श्रेष्ठ, दिव्यदेव फिचर्ड छन्।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा सन्तोष पन्तले लेखेका हुन्। पटकथा भने सन्दीप कृष्णाको छ।
Shares

प्रतिक्रिया