ad ad

कला


सामाजिक सञ्जालमा डीसी र गिरीको जुहारी

सामाजिक सञ्जालमा डीसी र गिरीको जुहारी

नेपालखबर
भदौ १२, २०७९ आइतबार ८:०, काठमाडौँ

नेपाली फिल्म उद्योगभित्रको तिक्तता बेलाबेला सामाजिक सञ्जालमा पाेखिन्छ। यो उद्योगमा एउटालाई पर्दा अर्कोले बोल्ने बानी पनि खासै छैन। एउटाको फिल्म प्रदर्शनमा अर्कोको साथ पाउनु मुस्किलजस्तै देखिन्छ। 

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘प्रकाश’ले राम्रो शो पाएन। यो फिल्मको सट्टा हिन्दी फिल्म ‘लाइगर’ले राम्रो शो पायो। तर उद्योगका सरोकारवाला खुलेर बोलेनन्।

प्रदीप खड्का आफैं भने आफ्नो फिल्मले शो नपाएपछि आक्रामक देखिए। उनको ‘प्रकाश’ले प्रदर्शनको पहिलो दिन निकै कमजोर ओपनिङ गर्यो। शनिबार भने फिल्मले राम्रो व्यापार गरेको छ।

आफ्नो फिल्मका विषयमा प्रदीपले आक्रोश पोखिरहँदा कलाकार दीपकराज गिरीले स्टाटस लेखे, ‘अरूलाई पर्दा पनि बोल्ने गर, आफूलाई पर्दा त बाख्रा पनि कराउँछन्।’

उनले यो स्टाटसमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट धेरै पाएका छन्। झरना थापा पनि स्टाटस लेखेर विवादमा परिन्।

यता दीपकराजका गुरु दिनेश डीसीले प्रदीपको समर्थनमा स्टाटस लेखेका छन्।

शनिबार सुधारिएको ‘प्रकाश’ फिल्मको व्यापारबारे डीसीले लेखेका छन्, ‘बाघ र बाख्राको आवाजबीचको फरक आज दर्शकले नै छुट्याइदिनुभएछ। प्रदीप तपाईंले खेल्न इन्कार गरेका दुई फिल्मका प्रोड्युसरको डाहयुक्त स्टाटस देखें। आफ्नो प्रतिभाको उपयोग गर्नेसँग काम गर्नैपर्छ तर प्रतिभा र नामको युज मात्र गर्न खोज्नेबाट परै बस्नु राम्रो। नगरपालिकाको वडा सदस्य हुनुभन्दा गाउँपालिकाको अध्यक्ष हुनु राम्रो। तिमी लिड गर्न नै जन्मिएका हौ।’

डीसीको यो स्टाटसमा प्रतिक्रिया दिँदै गिरीले लेखेका छन्, ‘हरेक फिल्ममलाई यस्तै साथ दिने बानी होस्।’

त्यसपछि पनि डीसीले जवाफ फर्काएका छन्। उनले लेखेका छन्, ‘तिमीले मलाई सिकाउनु पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .