केही समयअघि बलिउड अभिनेत्री करिना कपुरको तौल बढेको तस्बिर सार्वजनिक भयो। उनको तस्बिर हेरेर धेरैले उनी तेस्रोपटक गर्भवती भएको हल्ला गरे। तर करिनाले आफू गर्भवती नभएको प्रतिक्रिया दिएकी छिन्।
एक अन्तर्वार्ताका क्रममा प्रश्नकर्तालाई उनले उल्टै प्रश्न गर्दै भनेकी छिन् ‘के म मेशिन हो र?’ उनले शरीरको तौल बढ्नुको कारण गर्भवती हुनु मात्रै नहुने बताएकी छिन्। साथै तौल बढ्नासाथ गर्भवती भएको भनेर हल्ला गरेको भन्दै गुनासो समेत गरेकी छिन्।
करिनाको एक तस्बिर भाइरल गर्दै सोसल मिडियामा उनी तेस्रो पटक गर्भवती भएको हल्ला गरिएको थियो। तस्बिरमा करिनाले आफ्ना पति शेफ अलि खान र उनका साथीहरूसँग पोज दिइरहेकी थिइन्। उक्त तस्बिरमा करिनाको ‘बेबी बम्प’ ठूलो देखिएको थियो। त्यसैले धेरैले उनी तेस्रो पटक आमा बन्न लागेको अनुमान गरेका थिए।
करिनाले हिन्दूस्तान टाइम्ससँग यो हल्ला गलत भएको बताएकी छिन्। पास्ता र वाइन सेवनले आफू मोटाएको पनि उनले उल्लेख गरेकी छिन्।
Shares
प्रतिक्रिया