नेपालीचलचित्र 'चङ्गाचेट’को सिक्वेल बन्ने भएको छ।
चार वर्ष अघि बक्स अफिसमा सफल मानिएको 'चङ्गाचेट' को सिक्वेल निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा दर्ता गराएकी हुन्।
नाम दर्तापछि शर्मिलाले सामाजिक सञ्जाल मार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरेकी हुन्।
उनले लेखेकी छिन् 'अगाडि निर्माण भएको चलचित्र 'चङ्गाचेट'काे अत्याधिक सफलतापछि डिएस डिजिटलद्वारा हामीले अब तुरुन्तै 'चङ्गाचेट -२' निर्माण गर्दैछौँ। यो चलचित्र पुर्ण रुपमा दर्शकको चाहना र रुची अनुसार निर्माण गर्ने छौँ।'
'चङ्गाचेट' को सिक्वेललाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्।
पहिलो सिक्वेल पनि दीपेन्द्रले नै निर्देशन गरेका थिए।
फिल्मका लागि अर्पण थापा पक्का भए पनि अन्य कलाकार फाइनल नभएको पाण्डेले बताइन्।
27
Shares
प्रतिक्रिया