अभिनेत्री नम्रता सापकोटा नेपाली चलचित्र क्षेत्रमा ठीकै चलेकी नायिका हुन्।
चलचित्रमा खासै जम्न नसकेकी उनी म्युजिक भिडिओमा भने स्थापित भइसकेकी छन्। त्यसकारण अचेल उनी चलचित्रमा भन्दा म्युजिक भिडिओमा रमाइरहेकी छन्।
बिहीबार नम्रता अभिनित गरेको म्युजिक भिडिओ सार्वजनिक भयो।
‘काली’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा उपस्थित नम्रताले नायिकाका रुपमा आफू नचलेको स्वीकार गरेकी छन्।
उनले नायिकाका रुपमा नचलेपछि ‘खलनायिका’ भएर फिल्ममा देखिने इच्छा समेत सुनाइन्।
आफूले आफैंलाई खलनायिकाको भूमिकामा देख्न चाहेको बताउँदै नम्रताले कसैले खलनायिकाको भूमिकाका लागि अफर गरे काम गर्ने बताइन्।
744
Shares

प्रतिक्रिया