ad ad

कला


शानदार पुनरागमनको पर्खाइमा मनिषा कोइराला

शानदार पुनरागमनको पर्खाइमा मनिषा कोइराला

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार ७:५७, काठमाडौँ

अभिनेत्री मनिषा कोइराला फिल्ममा नदेखिएको लामो समय भयो।

बलिउडमा स्थापित मनिषा लामो समय नेपाल बसेर केही समयअघि मात्रै मुम्बई फर्किएकी छिन्। मुम्बई फर्किए लगत्तै मनिषाले ‘हिरामण्डी’को सुटिङ सेटमा ज्वाइन गरिसकेकी छिन्। 

मनिषाले सुटिङ सुरु गरेसँगै निर्देशक सञ्जय लीला भन्साली र मुमताजसँगको फोटो राख्दै आफूले लिजेन्डसँग काम गर्न लागेको बताएकी थिइन्।

सञ्जय लीला भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’मा मनिषाले मुख्य भूमिकामा रहेर अभिनय गरेकी थिइन्। 

मनिषाले अभिनय गरेको बलिउड फिल्म ‘शाहजाद’ अर्को वर्ष रिलिज हुने भएको छ।  कार्तिक आर्यन र कृति सेननले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा मनिषा पनि मुख्य भूमिकामा देखिनेछिन्। 

यो फिल्म तेलगुमा बनेको फिल्मको रिमेक हो। ‘शाहजादा’मार्फत मनिषा बलिउडमा सानदार कमब्याक गर्ने तयारी छिन्।

फिल्म ‘सञ्जु’मा केही वर्ष पहिले रणवीर कपूरको आमाको भूमिकामा देखिएकी मनिषालाई त्यसपछि दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .