नेपाली फिल्म ‘बाबरी’को गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड छन्।
फिल्मका शीर्ष कलाकार धिरज र अदिती गीतमा खुलेका छन्।
त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको यो फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
फिल्ममा धिरज र अदितीका साथमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्मको सार्वजनिक गीत रविन्द्र लामिछानेले लेखेका हुन्। सुजन चापागाईँले संगीत गरेको गीत संगीतकार चापागाईँ र सुनिता थेगिमले गाएका हुन्।
'बाबरी' फिल्मको ब्यानरमा निर्माण भएको फिल्म गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीले निर्माण गरेका हुन्।
फिल्मको कथा निर्देशक पौडेलले नै लेखेका हुन्।
पटकथा लेखनमा रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले सहकार्य गरेका छन्।
फिल्म बाबरी आगामी भदौ ३१ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ।
भिडिओ
Shares

प्रतिक्रिया