ad ad

कला


आफ्नै दवाबमा स्वस्तिमा

आफ्नै दवाबमा स्वस्तिमा

नेपालखबर
जेठ २९, २०७९ आइतबार ७:१९, काठमाडौँ

अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई अब्बल अभिनेत्रीका रुपमा स्थापित गरिसकेकी छिन्।

चलचित्र ‘बुलबुल’मा निर्वाह गरेको भूमिकाबाट चर्चामा आएकी स्वस्तिमा अभिनित ‘चिसो मान्छे’ अहिले चर्चामा छ। यो फिल्ममा स्वस्तिमा शीर्ष भूमिकामा देखिँदै छिन्। 

फिल्मको पहिलो पोस्टर सार्वजनिक भएसँगै सुरु भएको स्वस्तिमाको चर्चामा टिजरले अझै धेरै बढाएको छ। हरेक फिल्ममा फरक फरक चरीत्र निर्वाह गर्न चाहाने स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ गतेबाट रिलिज हुँदै छ। 

‘चिसो मान्छे’बक्स अफिसमा प्रतीक्षित फिल्म बनेको छ।

यो फिल्ममा ‘पुष्पा’को भूमिकामा देखिएकी स्वस्तिमाको भूमिकालाई टिजर हेरेर दर्शकले रुचाएका छन्।

अघिल्लो फिल्मको उनको सफलता, ‘चिसो मान्छे’लाई लिएर दर्शकले लिएको अपेक्षा सबै कुराले गर्दा यो फिल्ममा सफल हुनैपर्ने दवाबमा स्वस्तिमा छिन्। 

पशुपतिप्रसाद, आमा जस्ता सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्।

सफल निर्देशक र सफल नायिकाको फिल्म भएकोले पनि ‘चिसो मान्छे’माथि सफल हुनै पर्ने, दर्शक तान्नैपर्ने प्रेसर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .