चलचित्र ‘जाने तु या जाने ना’बाट बलिउडमा डेब्यु गरेका अभिनेता इमरान खान अहिले फिल्म उद्योगबाट टाढा छन्। बलिउडकै चर्चित अभिनेता आमिर खानका भाञ्जा समेत रहेका इमरान सामाजिक सञ्जालमा पनि त्यति सक्रिय देखिँदैनन्।
उनै इमरानले बलिउडमा पुनरागमन गर्ने संकेत देखाएका छन्। इमरानको अब अभिनेता नभै निर्देशकका रुपमा बलिउडमा देखिने तयारीमा छन्।
सन २०१५ मा ‘कट्टी बट्टी’ मार्फत पर्दामा देखिएका यी अभिनेता त्यसयता चर्चामा छैनन्। आमिर आफू अभिनीत ‘कट्टी बट्टी’ले उद्योगमा असफल भएपछि उद्योगबाट टाढिएका थिए।
फिल्मी करिअर छोडेर बसेका इमरानले त्यहि समय प्रेमिका अवन्तिकासँग विवाह गरे । तर, दुर्भाग्य अहिले अवन्तिकासँगको उनको सम्बन्ध सकिएको छ। वैवाहिक जीवन सकिएसँगै उनी निर्देशनका रुपमा पुनः बलिउडमा देखिने तयारीमा छन्।
लामो समयदेखि निर्देशनमा आउन खोजिरहेका इमरान सन् २०२३ बाट आफ्नो निर्देशनको फिल्म छायांकनका योजनामा छन्। इमरानले आफू अभिनित चलचित्रमा अभिनय गर्छन गर्दैनन् भन्नेबारे खुलाइएको छैन।
Shares

प्रतिक्रिया