पाँच दशकदेखि निरन्तरुपमा बलिउडमा सक्रिय रहेका अमिताभ बच्चनले सन्यान लिनेबारे सोच्न थालेको बताएका छन्।
उनले एक ब्लग लेख्दै आफूले सन्यास लिनेबारे सोच्न थालेको बताएका छन्। उनको यो ब्लगसँगै बलिउडमा महानयकको छवि बनाएका अमिताभ छिट्टै सिने क्षेत्रबाट बाहिरिने अनुमान गर्न थालिएको छ।
उनले यो ब्लग २८ नभेम्बरको राति १२ बजेर २६ मिनेट जाँदा पोस्ट गरेका हुन्। यो दिन उनका स्वर्गीय पिता हरिवंशराय बच्चनको ११२ औ जन्मजयन्ती थियो।
अमिताभ हाल ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङमा व्यस्त छन् र यसको लागि उनी मनाली पुगेका छन्। अमिताभले ब्लगमा लेखेका छन्, ‘यस सानो सुन्दर ठाउँमा कारबाट यहाँ पुग्न मलाई १२ घण्टा लाग्यो। यहाँ सडक पनि राम्रो छैन, कोठा र वातावरण पनि फरक छन्। मैले अब रिटायर गर्नुपर्नेछ... मेरो दिमाग कतै आयो र औंलाहरूले केही गर्दैछ।’
उनले ५० वर्ष बलिउड यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा जोडिनेलाई धन्यवाद दिएका छन्। एक ठाउँमा उनले लेखेका छन्, ‘मेरो मार्गमा आउने हरेक चरणमा तपाईंलाई धन्यवाद।’
५० वर्षअघि अमिताभ बच्चनको पहिलो हिन्दी फिल्म रिलिज भएको थियो जसको नाम ‘सात हिन्दुस्तानी’ थियो। यसका निर्देशक ख्वाजा अहमद अब्बास हुन्।
अमिताभ बच्चन छिट्टै रूमी जाफ्रे निर्देशित मनोवैज्ञानिक थ्रिलर फिल्म ‘फेस’ मा एक साथ देखा पर्नेछन्।
उनीसँगै यो फिल्ममा अभिनेता इमरान हासमीसँग पनि देखिनेछ। फिल्मका निर्माता आनन्द पण्डित रहेका छन्। फिल्म मोशन पिक्चर्स र सरस्वती इन्टरटेनमेन्टले निर्माण गरिरहेको छ।
प्रतिक्रिया