कला


‘फिल्म साउथ एसिया’ महोत्सवको दोस्रो दिन २३ वृत्तचित्र प्रदर्शन गरिँदै

‘फिल्म साउथ एसिया’ महोत्सवको दोस्रो दिन २३ वृत्तचित्र प्रदर्शन गरिँदै

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १२:१२, काठमाडौँ

बिहीबारबाट ललितपुरमा सुरु भएको वृत्तचित्र महोत्सवको दोस्रो दिन आज २३ वृत्तचित्र प्रदर्शन हुँदै छन्। ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा सुरु भएको महोत्सवको पहिलो दिन ९ वटा वृत्तचित्र प्रदर्शन गरिएको थियो। 

महोत्सवको तेस्रो दिन १० वैशाखमा १९ वटा र अन्तिम दिन ११ वैशाखमा २० वटा वृत्तचित्र प्रदर्शन हुने फिल्म साउथ एशियाले बताएको छ। महोत्सवमा ८ देशका ७१ वृत्तचित्र प्रदर्शन गरिनेछ।

आइतबारसम्म चल्ने महोत्सवका लागि ३ हजारभन्दा धेरै वृत्तचित्र सहभागिताका लागि आएका थिए। जसमध्ये उत्कृष्ट ७१ वृत्तचित्र छनोट गरिएको आयोजकले जनाएको छ। 

महोत्सवमा वृत्तचित्र प्रदर्शन सँगै ‘प्यानल डिस्कशन’ पनि हुने छन्। महोत्सवमा दक्षिण एशिया र फिल्मसम्बन्धी विभिन्न ६ शीर्षकमा छलफल हुनेछ।

‘फिल्म साउथ एसिया’ महोत्सव सुरु भएको २५ वर्ष लागेको छ। सन १९९७ मा पहिलो  भएको महोत्सवमा सहभागिताका लागि जम्मा १३५ वृत्तचित्रले सहभागिताका लागि आवेदन हालेका थिए।

जसमध्ये ५५ वृत्तचित्र प्रदर्शन भएका थिए। महोत्सवमा दक्षिण एशियाका विभिन्न देशका वृत्तचित्र निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित छेत्रका विज्ञको सहभागिता रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad