नेपाली कथानक चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ।
स्टार कलाकारको जम्भो टोली रहेको यो चलचित्र कमेडी जनरामा निर्माण भएको चलचित्र हो।
सार्वजनिक ट्रेलरमा कलाकारहरु सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतका कलाकार अटाएका छन्।
आगामी वैशाख ३० गतेलाई प्रदर्शन मिति तय गरेर प्रचार थालेको कमेडी फिल्मको ट्रेलरमा रुन्चे सम्वाद पनि मिसाइएको छ।
कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको यो फिल्म किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले संयुक्त रुपमा निर्माण गरेका हुन्।
102
Shares

प्रतिक्रिया