रंग पत्रकार जीवन पराजुलीको गैरआख्यान ‘क्लोज–अप’ बजारमा आएको छ। नेपाली चलचित्रका केही आयाम र पात्रहरूमा आधारित यो गैरआख्यान शनिबार सार्वजनिक गरिएको हो।
कलाकारहरु करिश्मा मानन्धर, दीपाश्री निरौला, झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले जीवनको उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
३६३ पृष्ठ लामो यो पुस्तक चलचित्र निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेका हुन्। पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ।
42
Shares

प्रतिक्रिया