भैरहवाका भूपेन्द्र थापा मगरले नेपाल आइडल सिजन-४ को उपाधि जितेका छन्।
शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य अन्तिम चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी नेपाल आइडल सिजन-४ को विजेता बनेका हुन्
मगरले उपाधिसँगै नगद ३० लाख रूपैँया र ट्रफी हात पारे। फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए।
उनले ५ लाख रूपैँया र ट्रफी हात पारे सेकेन्ड रनरअप रामेछापका रञ्जित नेपाली भए। उनले ३ लाख रूपैँया र ट्रफी जिते
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल चौथो र पाँचौं भएको आयोजकले जनाएका छन्।
135
Shares

प्रतिक्रिया