नेपालका अर्बपति तथा सांसद विनोद चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’ मंगोलियामा लोकार्पण गरिएको छ।
मंगलबार मंगोलियामा एक कार्यक्रमका बीच उक्त किताबको लोकार्पण गरिएको हो।
मंगोलियामा भएको लोकार्पणलाई अनलाइनमाध्यमबाट पुस्तकका लेखक चौधरीले सम्बोधन गरेका थिए।
पुस्तक लोकार्पण कार्यक्रमा चौधरीले आफूले यो पुस्तक लेख्नुपर्नाको कारणबारे उल्लेख गरेका थिए।
सो क्रममा उनले केही गर्न चाहने युवापुस्तालाई लक्षित गरी उनीहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले किताब लेखेको बताए।
पछिल्लो समय संसारमा परिवर्तन देखिएको बताउँदै उनले जसले आफ्नो सपना साकार गरेर जित हासिल गर्छ मानिसहरुले उसैलाई पछ्याउने बताए।
केही गर्ने महत्वाकांक्षा र सपना सबैभन्दा ठूलो कुरा भएकाले हामी जहाँ जन्मिए पनि फरक नपर्ने बताए।
उनले हामीले आफूले आफैँलाई जटिल बनाउन नहुने बताए। उनले भने, ‘यदि संसार जोडिएको छ भने तपाईं जहाँ जन्मे पनि केही फरक पर्दैन।’
उनले आममानिसले रोजगारी, राम्रो स्वास्थ्य प्रणालीको ख्याल गर्ने बताउँदै समाजवाद, कम्युनिजम वा अन्य सैद्धान्तिक राजनीतिक पक्षलाई त्यति धेरै महत्व नदिने पनि उल्लेख गरे।
सन् २०१३ मै आएको चौधरीको आत्मकथालाई पेन्गुइन बुक्स इन्डियाले अंग्रेजीमा प्रकाशन गरेपछि विभिन्न देशमा लोकार्पण गर्दै आइएको छ।
लोकार्पणमा मंगोलियाका प्रसिद्ध उद्योगी, व्यवसायी, राजनीतिज्ञ, कूटनीतिक नियोगका व्यक्तिहरु, बैंकर तथा पत्रकारहरुको उपस्थिति थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।
सातभन्दा बढी भाषामा लेखिएको आत्मकथा मंगोलियामा मंगोलियन भाषामा रहेको छ। जहाँ चौधरीको जीवनकथा प्रस्तुत गरिएको छ।
Shares

प्रतिक्रिया