कला


सातामै ‘म यस्तो गीत गाउँछु २’ले कमायो ५ करोड

सातामै ‘म यस्तो गीत गाउँछु २’ले कमायो ५ करोड

नेपालखबर
फागुन २०, २०७८ शुक्रबार १३:४७, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शनको एक सातामा झण्डै ५ करोड रुपैयाँ संकलन गरेको छ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले ४ करोड ९५ लाख रुपैयाँ संकलन गरिसकेको छ। 

शनिबारको सार्वजनिक बिदाका कारण चलचित्रले अझै राम्रो कमाइ गर्न सक्ने निर्माण पक्षले आशा गरेको छ।

निर्देशक तथा निर्माता सुदर्शन थापाले एक साताको व्यापारिक हिसाब सार्वजनिक गरेका हुन्। 

सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री पूजा शर्माले निर्माणमा सहयात्रा गरेकी छिन्।

पूजाले नै शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्रमा पूजाको जोडी कलाकारका रुपमा पल शाह देखिएका छन्।

पल अहिले नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad