नाबालिग बलात्कार आरोपमा उजुरी परेपछि प्रहरीले अभिनेता पल शाहलाई खोजिरहेको छ। गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी परेको हो।
त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि अहिलेसम्म फेला परेका छैनन्।
प्रहरीमा जाहेरी दर्ता भएका दिन बुधबार साँझ काठमाडौंको कीर्तिपुरमा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो थियो। तर उनी त्यहाँ गएनन्। त्यही दिनदेखि उनी हराए।
देशभर सर्कुलर जारी गरेर प्रहरीले उनको खोजी तीव्र पारेको छ। बिहीबार बिहान अभिनेता पलले फेसबुकमा केही अडिओ सार्वजनिक गर्दै आफूलाई फसाइएको दाबी गरेर स्टाटस लेखेका थिए।
यो पढ्नुहोस् : बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’
तर उनको मोबाइल अफ छ।
प्रहरीका अनुसार उनको मोबाइल अन्तिमपटक बुधबार राति साढे १० बजे बालकुमारीमा अन देखिएको छ। प्रहरीले मोबाइल ट्रेस गर्दै बालकुमारी पुग्यो तर त्यहाँ उनी भेटिएनन्।
खोजी जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया