कला


आफ्नै जीवनमा ‘सिन्दूर’को अर्थ खोज्दै मिलन (भिडियाे)


नेपालखबर
कात्तिक २९ ,

गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोगका साथ म्यूजिक भिडियो ‘सिन्दूर’ सार्वजनिक भएको छ। हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको यस गीतले कला र संगीतलाई जोड्न सफल भएको छ।

कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ। कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त रुपमा पस्किएको कलाले धेरैलाई तानिरहेको बेला संगीतको धूनबाट पनि कलाको समिश्रणलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ।

संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीतको म्यूजिक भिडियोलाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको हो। पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘सिन्दूर’मा गायिका मिलन नेवारले स्वर दिएकी छन्। मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत रहेका ज्योति प्रकाश आफैंमा सिद्धहस्त गायक एवं संगीतकार हुन्। २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शोमार्फत आफूलाई गायनमा उतारिसकेका गायक हुन्। पछिल्लो समय ‘जून र ज्योति’ नामक गीति एल्बम बजारमा ल्याएर स्थापित संगीतकारका रुपमा परिचय बनाइसकेका उनले उक्त एल्बमका गीतहरुमा स्वरसमेत प्रदान गरेका छन्। आफूलाई महङ्गो चित्रकारका रुपमा परिचित गराइसकेका गायक तथा संगीतकार ज्योति प्रकाशको संगीत पक्ष आफैंमा अब्बल देखिएको छ।

मधु शाही कान्तिपुर प्रकाशनमा लामो समयदेखि कला बिटमा कलम चलाउँदै आएकी पत्रकार हुन्। यतिबेला कान्तिपुर प्रकाशनको नेपालगन्ज प्रमुखको जिम्मेवारी सम्हालिरहेकी पत्रकार मधु शाहीका शब्दमा पनि बजारमा धेरै गीत सुन्न पाइन्छ। ललितकला र संगीतकलासँग नजिक रहेर कर्म गरिरहेकी मधु शाहीको गहकिला शब्द यस ‘सिन्दूर’ गीतभित्र रहेका छ। उनको शब्द सिर्जना हेर्दा लाग्छ उनी गीति लेखनको एक अब्बल गीतकार हुन्।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ। म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए । रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरुकै प्रस्तुतिलाई समावेश गरिएको छ।

वाद्यवादनको समूहसँगै कलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन्। पत्रकार तथा गीतकार समुन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन्।

कात्तिक २९, २०७६ शुक्रबार ८:५७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad