ad ad

कला


दिवाकरको ‘हनी बनी’मा अनमोल अनुबन्धित

दिवाकरको ‘हनी बनी’मा अनमोल अनुबन्धित

नेपालखबर
माघ २७, २०७८ बिहिबार ११:४३, काठमाडौँ

दिवाकर भट्टराईको चलचित्र ‘हनी बनी’मा अनमोल केसीले अभिनय गर्ने भएका छन्।

अनमोल अर्को चलचित्र ‘एक्स ९’को तयारी गरिरहेका थिए। तर यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुने कुनै टुङ्गो छैन।

यही बीचमा अनमोल दिवाकर क्याम्पमा मिसिन गएका हुन्। दिवाकर र अनमोलबीच लिखित रुपमै सम्झौता भएको छ। 

केही समयअघि ‘हनी बनी’ निर्माणको घोषणा गरेका दिवाकर नायक/नायिकाको खोजीमा थिए। नायकका रुपमा अनमोललाई पक्का गरेका दिवाकर अझै नायिकाको खोजीमा छन्। अनमोलले ‘हनी बनी’को स्क्रिप्ट दुई दिन पढेर चलचित्रमा काम गर्न राजी भएका थिए। 

आगामी मार्चबाट चलचित्र छायांकनका लागि फ्लोरमा जाने दिवाकरको तयारी छ। चलचित्रको लण्डनमा छायांकन हुनेछ।

‘एक्स ९’का लागि तौल बढाएर जुँगा पालेका अनमोलले आफ्नो लुक्स परिवर्तन गरिसकेका छन्। 

एबी इन्टरनेशनलको प्रस्तुतिमा गौतम प्रोडक्शन र भ्वाइस फिल्मसको लिमिटेडको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा र परि रानाले लगानी गर्नेछन्।

अंकित गौतम यो चलचित्रका कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .