‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत गीत गाएर चर्चामा आएका गायक आशिष सचिन गौतमले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘सानो सानो कुरामा’बोलको गीत बजारमा ल्याएका हुन्।
गीतका रचनाकार तथा संगीतकार सन्तोष सुनुवार हुन्। गीतको म्युजिक भिडिओ पनि सार्वजनिक गरिएको छ।
भारतको आसाममा छायांकन गरिएको भिडिओमा गायक आशिषसँग भारतीय मोडल जुनु नाथले अभिनय गरेकी छन्।
भिडिओमा आशिष र जुनुलाई भर्खरै विवाह गरेको प्रेमिल जोडीका रुपमा देखाइएको छ। समस्याबीचको प्रेमलाई भिडिओमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ।
रिन्तु चौधरीले निर्देशन गरेको भिडिओ बितुल दासले छायांकन गरेका हुन्। एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको भिडिओ सम्पादन मानस कास्यपले गरेका हुन्।
48
Shares

प्रतिक्रिया