कला


भारतीय गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको निधन

फाइल तस्बिर : गायिका लता मंगेशकर। तस्बिर : गेट्टी इमेज्स।


नेपालखबर
माघ २३, २०७८ आइतबार ११:१६, काठमाडौँ

भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी लताको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

‘स्वर कोकिला’ उपनामले परिचित लताको निधन सरस्वती पूजाका दिन आज भएको हो। 

मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा लताकाे निधन भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। 

लताले ३६ भाषामा गीत गाएकी छन्। उनले गाएका कैयौं नेपाली गीत पनि लोकप्रिय छन्।

लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिराे दु:ख व्यक्त गरेका छन्। 

उनको निधनमा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ।

लता भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्केलगायत सम्मान तथा अवार्ड प्राप्त गायिका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad