चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ को नयाँ भर्सन आएको छ।
अञ्जु पन्तले गाएको उक्त गीत पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पुनः गाएकी हुन्।
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको गीतको नयाँ भर्सन बिहीबार ‘किरण क्रियसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
जसमा किरण कँडेलको एरेन्ज छ भने भिडिओ बुद्ध थापाले खिचेका हुन्। सम्पादन विनोद बमले गरेका हुन्।
रचना रिमालको स्वरमा नयाँ भर्सन–
दशकअघि नै अञ्जु पन्तले गाएको यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा पहिले आइसकेको छ। दुवै लाेकप्रिय छन्।
चर्चित याे गजल विपिन किरणले रचेका हुन् भने संगीत महेश खड्काले भरेका हुन्।
अञ्जु पन्तले गाएको ओरिजिनल–
285
Shares

प्रतिक्रिया