कला


करिनासँग ‘डेटिङ’ गर्दा सैफलाई यसरी थर्काएका थिए अक्षयले

करिनासँग ‘डेटिङ’ गर्दा सैफलाई यसरी थर्काएका थिए अक्षयले

फाइल तस्बिर : करिना–सैफको जोडी र अक्षय।


नेपालखबर
माघ २०, २०७८ बिहिबार ६:३२, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर खान पति–पत्नी हुन्। सँगै अभिनय गर्दागर्दै प्रेम सम्बन्ध भएपछि सैफले करिनासँग दोस्रो बिहे गरेका हुन्। 

तर यहाँ प्रसंग बिहेभन्दा अघिको प्रस्तुत गर्न लागिएको हो। बलिउड लाइफका अनुसार हालै एक कार्यक्रममा अभिनेत्री करिना कपुरले आफू सैफसँग डेटिङमा रहँदा अभिनेता अक्षय कुमारले थर्काएको रोचक घटना सुनाएकी हुन्।  

आधा दर्जनभन्दा बढी फिल्ममा सँगै अभिनय गरेका अभिनेत्री करिना र अभिनेता अक्षय राम्रा साथी पनि हुन्। 

हालसालै अक्षयकी पत्नी ट्विंकल खन्ना र करिना कपुर ‘ट्विक इन्डिया’  कार्यक्रमको सँगै सहभागी भएका थिए। कार्यक्रममा उनीहरूले आफ्ना दाम्पत्य जीवन, काम, स्वास्थ्यदेखि लगभग सबै विषयमा कुराकानी गरेका थिए।

यही क्रममा करिनाले आफू र सैफ अली खानले ‘डेटिङ’ गर्न थालेपछि अक्षयले सैफ अली खानलाई चेतावनी दिएको रहस्य खोलेकी हुन्। 

करिना र सैफबीच फिल्म ‘टसन’देखि सम्बन्ध अगाडि बढेको हो। सन् २००८ मा रिलिज उक्त फिल्ममा करिना र सैफसँगै अक्षय कुमार पनि प्रमुख भूमिकामा छन्। 

अभिनेत्री करिनाले कार्यक्रममा बताएअनुसार अक्षयले सैफलाई करिनासँग विचार पुर्‍याएर व्यवहार गर्न भन्दै थर्काएका हुन्।

अक्षयले उनले करिना कपुर खतरनाक परिवारकी सदस्य भएको भन्दै सैफलाई सचेत गराएका थिए। 

करिनाले सुनाइन्, ‘उनले मसँग जे पायो त्यही, अन्टसन्ट व्यवहार नगर्न भनेर चेतावनी दिएका थिए।’ 

शाहिद कपुरसँगको लामो सम्बन्ध भर्खरै टुटेका बेला करिनाको भेट र सैफसँग भएको थियो। 

‘हामी यसरी नजिक भयौं’
अभिनेत्री करिनाका अनुसार सैफसँग लद्दाखमा सुटिङ भएको थियो। त्यस क्रममा सैफ उनलाई मोटरसाइकलमा राखेर घुमाउन लैजान्थे। आपसमा घन्टौं कुराकानी  गर्थे।

अनि सुरु भयो– डेटिङ। यसको केही महिनापछि नै सैफले करिनाकी आमा बबितासँग करिना आफूलाई दिन आग्रह गरेका थिए।

झन्डै ४ वर्षको प्रेम सम्बन्धपछि सन् २०१२ मा सैफ र करिनले बिहे गरेका हुन्। अहिले उनीहरूका २ छोरासमेत भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad