हरिवंश आचार्यको शब्द, संगीत, स्वर र अभिनय रहेको ‘कर्कलो कोक्याउला’ गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने कार्यमा प्रयोग गरिने भएको छ।
चेलीबेटी बेचविखनविरुद्ध जनचेतना जगाउने प्रयोजनको लागि कलाकार आचार्यले आफ्नो गीतको अडियो–भिडियो सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्।

गीतले समाजमा हुने मानव बेचबिखनका घटनालाई समेटेको छ। त्यस्तै गरिबी, बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने गरेको विषयलाई गीतले समेटेको छ।
समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बनाइएको उक्त गीत प्रहरी कार्यालयहरूले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रममा व्यापक रूपमा प्रचारप्रसार गर्ने तयारी गरिएको छ।
18
Shares

प्रतिक्रिया