इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन्।
भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो। भुजेल यस अगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन्।
शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमकाबीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो। भुजेललाई मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन्। रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन्।
भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन्।
अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको उपस्थिती रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो। जसको एलटीसीपी अर्गनाईजेसनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो। यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ।
Shares

प्रतिक्रिया